खेल संसार
जर्मन बुन्डेसलिगा: बायर्न म्युनिखको शानदार जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।



शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोलले हराएको हो ।



बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे ।



जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ स्थानमा छ ।