खेल संसार

टोटेनहमको पुनरागमन जित

Thrill Factory
Rungta Group

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ ।

न्युकासलको मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोलले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमा कलुम विल्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकामा १७औँ मिनेटमा तान्गुय एन डोम्बोलेले गोल गर्दै टोटेनहमलाई १-१ को बराबरीमा ल्याए ।

त्यसको ४ मिनेटपछि २२औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-१ को अवस्थामा पुर्‍याए । पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहम ३-१ मा अघि बढाए ।

८९औं मिनेटमा एरिक डायरले आत्मघाती गोल गरेपछि न्युकासल खेलमा फर्कने प्रयत्न गर्‍यो । तथापि निर्धारित समयमा थप गोल नभएपछि टोटेनहम ३-२ ले विजयी भयो ।

जितसँगै टोटेनहम ८ खेलमा १५ अंकसहित पाँचौं स्थानमा रहेको छ । न्युकासल ३ अंकसहित १९औँ स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button