खेल संसार
कुस्ती खेल मधेस र मधेसीको पहिचान : नगर प्रमुख सरावगी

वीरगञ्ज-कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताएका छन् ।



हरेक वर्षजस्तै यस वर्ष पनि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २८ बगही (ईनर्वा टोल) मा आयोजना गरिएको माहाविरी मेला र कुस्ती प्रतियोगिताको विहीबार उदघाटन गरे ।



सरावगीले मधेसमा लोकप्रिय रहेको कुस्ती खेलले राष्ट्रियस्तरमा मधेसी र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम कमाएको बताए ।



उनले लोकप्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित हुन सक्ने खेल राज्यको उपेक्षामा परेको भन्दै यसलाई स्थानीय तहको सरकारले सकेजति सम्वद्र्धनमा सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष रामनरेश यादव र जयनारायण कुर्मीलगायतको उपस्थिति थियो ।