प्रदेश

लागूऔषध र मानव वेचबिखनका आरोपी पक्राउ, महिलाको उद्दार

Thrill Factory
Rungta Group

वीरगञ्ज-प्रहरीले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्यगेटमा चौकी ईनर्वाको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका ८ का रविन्द्र खत्री र मकवानपुर हेटौंडा १६ का राकेश गुरुङलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले लगाएको पाइन्टको गोजीमा पत्रिकामा बेरेर लुकाइएको डाईजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल फेला परेको प्रहरीले बताएको छ ।

यसैबीच प्रहरीले बेचबिखनमा पर्न लागेकी १ महिलाको उद्दार गरेको छ । सो घटनामा संलग्न भएको आरोपमा १ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

गत १८ असोजमा वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारततर्फ जान लागेका महिला र पुरुषलाई सोधपुछ गर्दा सो तथ्य पत्ता लागेको हो ।

नुवाकोटकी २३ वर्षीया महिलालाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना पलनवाका ३२ वर्षीय रेयान खान भन्ने मुन्ना आलमले झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा उद्दार गरिएको प्रहरीले बताएको छ ।

खानले फेसबुकमार्फत चिनजान गरी प्रेम सम्बन्ध राखेको र विवाह गर्ने बहानामा बुर्का लगाइदिई सिर्सिया नाकातर्फबाट सीमापार गराउन लागेको अवस्थामा महिलाको उद्दार गरिएको प्रहरीको भनाइ छ ।

खानले ती महिलालाई इनार्वा नाका जान लागेको भन्दै झुक्याएर सिर्सियातिर लगेको खुलेको थियो । प्रारम्भिक अनुसन्धानमा खानले ती महिलालाई बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लागेको खुल्न आएको प्रहरीले बताएको छ ।

पीडितबाट सोही प्रकारको जाहेरी पाएपछि खानलाई अदालतबाट १० दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी खनालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button