खेल संसार

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा

Thrill Factory
Rungta Group

काठमाडौ- पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

पञ्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीलाई जिताउन सकेनन् । यस्तै कप्तान केएल राहुलले ३९ रन जोडे भने एडिन मार्क्रम २० रन तथा साहरुख खान १६ रनमा आउट भए  ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै देबदुत पडिकलले ४०, कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले २३ रन बनाए ।

जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा छ । पञ्जाब १० अंकसहित पाँचौं स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button