अन्तराष्ट्रियस्वास्थ्य/जिवनशैली

१० प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप लगाइसक्ने लक्ष्य पूरा गर्न ५० भन्दा बढी देश विफल

Thrill Factory
Rungta Group

सेप्टेम्बर महिनाको अन्त्यसम्ममा प्रत्येक देशको १० प्रतिशत जनसङ्ख्यालाई पूर्ण रूपमा कोभिड खोप लगाइसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले निर्धारण गरेको लक्ष्य पूरा गर्न ५० भन्दा बढी देश विफल भएका छन्।

तीमध्ये अधिकांश देश अफ्रिकामा छन् जहाँ पूर्ण मात्रा खोप लगाएका मानिसहरूको कुल जनसङ्ख्या अहिले ४.४ प्रतिशत छ। यूकेमा करिब ६६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने युरोपेली सङ्घमा ६२ प्रतिशत र अमेरिकामा ५५ प्रतिशतले खोप लगाएका छन्।

अधिकांश त्यस्ता देश कम आय भएका मुलुकहरू हुन् जसले खोप भित्र्याउन सङ्घर्ष गरिरहेका छन् र कमजोर स्वास्थ्य पूर्वाधारसँग जुझिरहेका छन्। कतिपय देशहरू द्वन्द्व वा आन्दोलनबाट गुज्रिरहेका छन् जसमा यमन, सिरिया, इराक, अफगानिस्तान र म्यान्मार पर्छ।

प्राकृतिक विपद्को असर भोगेको हेइटी जस्ता देशमा पनि खोप अभियान अघि बढाउन अप्ठेरो भइरहेको छ। तर ताइवान जस्तो धनी देशमा पनि पूर्ण मात्रा खोप लगाउनेको जनसङ्ख्या १० प्रतिशतभन्दा अलिकति कम छ।

खोप आपूर्तिमा भएको विलम्ब र अन्य कारणले त्यहाँको खोप कार्यक्रम प्रभावित भएको हो। बीबीसीबाट 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button