खेल संसार

साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुआत

Thrill Factory
Rungta Group

काठमाडौं-माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ ।

मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले पराजित गर्‍यो । बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो ।

सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button