खेल संसार
च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

काठमाडौ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ ।



समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो ।



घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।



जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा छ । २ खेलमा ३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।