कला/साहित्य

चुट्किला सुनाउन खप्पिस लता मंगेशकर

Thrill Factory
Rungta Group

मुम्बई- भारतकी सुर कोकिला, हिन्दी फिल्मकी लेजेण्ड गायिका भारत रत्न लता मंगेशकर आज आफ्नो ९२ औं जन्मदिन मनाउदैछिन् । गायकीको दुनियाँमा लताले जुन स्थान बनाएकी छन्, त्यो स्थानमा पुग्न जोकोहीलाई निकै गाह्रो नै पर्छ ।

लताले आफ्नो करियरमा करिब ५० हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत छिन् । लता हेर्दा निकै गम्भीर देखिन्छिन् । तर वास्तविकतामा उनी धेरै फरक छिन् ।

लता वास्तविक जीवनमा निकै हसीमजाक गर्छिन् । अर्थात् उनी आफ्नो नजिकका मानिसलाई चुट्किला सुनाउन खप्पिस छिन् । यो कुराको खुलासा गायक उदितनारायण झाले गरेका हुन् ।

उदित केही समयअघि कपिल शर्माको शोमा उपस्थित भएका थिए । जहाँ उनले लतासँग जोडिएको रोचक किस्सा सुनाए ।

उदितले फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा लतासँग डुएट गीत गाएका छन् । ‘म डीडीएलजेको गीत ‘ना जाने मेरे दिल को’ गाइरहेको थिएँ । त्यही बेला स्टुडियोमा लताजी आइपुग्नुभयो । स्टुडियोको ढोका सिसाको थियो । जसै मेरो आँखा लताजीमाथि पुग्यो मेरो होस नै उड्यो । मैले ‘तपाईं यहाँ बस्नुभयो भने म गीत गाउन सक्दिनँ’ भनें । लताजीले ‘म तपाईंको गीत नै सुन्न आएकी हुँ । यही बस्छु र तपाईंको गीत सुन्छु’ भन्नुभयो’, उदितले भनेका छन् ।

त्यसपछि उदितले लतालाई ‘यो सम्भव छैन’ भनेर जवाफ दिए । गीत रेकर्डपछि यश चोपडा त्यहाँ पुगे र सबैजना खाना खान निस्किए ।

‘खाना खाइरहँदा लताजीले यति धेरै चुट्किला सुनाउनुभयो कि हाँसेर नै हामी थकित भयौं,’ उदितले भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button