खेल संसार

बार्सिलाेना शिर्ष पाँचमा उक्लियाे

Thrill Factory
Rungta Group

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेमाथि तीन शुन्यको सहज जित निकालेको छ । यो जितसँगै बार्सिलोना शिर्ष पाँचमा उक्लिएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे, लुक डी जोङ र अन्सु फातीले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा नै डीपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले टिमका लागि पेनाल्टीमा गोल गरे । १४ औं मिनेटमा डी जोङले बार्सालाई दुई शुन्यले अगाडी राखे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाले खेलको अन्तिममा तेस्रो गोल थप्यो । यसपटक इन्जुरी समयमा अन्सु फातीले गोल गरे ।

त्यसपछि दुबै टिमबाट थप गोल भएन र बार्सिलोनाले सहज रुपमा तीन अङ्क हासिल गर्यो । जितसँगै बार्सिलोनाले ६ खेलमा १२ अंकका साथ लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
लेभान्टे ४ अंकका साथ सातौं स्थानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button