खेल संसार

इपिएलमा आज दुई खेल हुँदै

Thrill Factory
Rungta Group

काठमाडौं-एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको चौंथो संस्करणअन्तर्गतआज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्ने छन् । खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन पनि पहिलो खेलमा विजय हासिल गर्ने लक्ष्यमा हुनेछ ।

दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे एक बजे सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

हिजो भएको उद्घाटन खेलमा काठमाडौं किङ्स ११ ले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरी विजयी सुरुवात गरेको छ ।

असोज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button