खेल संसार
नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ ।



साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा छ ।



यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहाेरेकाे थियो ।



नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप आउँदो १५ गतेदेखि सुरु हुनेछ ।