खबर फटाफटस्वास्थ्य/जिवनशैली

मिर्गी रोगको घरेलु उपचार विधि

विशेष गरी महिला तथा कुमारी युवतीहरुमा देखापर्ने यो रोगको लक्षण पनि हिस्टेरियाका रोगीहरुको जस्तै हुन्छ ।

रिँगटा लाग्नु, कान बज्नु टाउको दुख्नु, थर्थरी काम्नु, गर्दन टेढो हुनु, आँखाको नानी तलमाथि हुनु, बेहोश भएर लड्नु, ¥याल–पसिना आउनु, दाह्रा किट्नु, छटपटी चल्नु यस रोगका लक्षणहरु हुन् ।

– हुन त यो रोगले ग्रस्त विरामीलाई गाउँघरमा जुत्ता सुँघाएर होसमा ल्याउने गरेको पाइन्छ । तर यो गलत तरिका हो । यदि बिरामी बेहोस भएर लडेको छ भने उसलाई सेतो प्याजको रस नाकमा राखेर होसमा ल्याउनुपर्छ ।

– घोडताप्रेको रसमा मह मिलाएर खुवाउने वा सतावरीको धुलोलाई दूधमा मिलाएर खुवाउने र लसुनलाई कालो तिलमा मिलाएर सेवन गराउनाले सबै प्रकारको मिर्गीरोग निको हुन्छ ।

– हरियो वा सुकेको तुलसीको पात सुँघाउने वा खुवाउने गर्नाले, १० ग्राम लसुनलाई ३० ग्राम कालो तिलमा मिलाएर नियमित बिहान–बिहान तीन हप्तासम्म खुवाउनाले वा बोजोको धूलोलाई महमा मिलाएर चाट्नाले वा दूधमा मिलाएर खुवाउनाले मिर्गी रोग निको हुन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तक

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button