खेल संसार
हालाण्डको दुई गोलमा डर्टमण्डको शानदार जित

काठमाडौ- एर्लिङ हालाण्डको दुई गोल मद्दतमा जर्मन बुन्डेसलिगा फुटबलमा बोरूसिया डर्टमण्डले शानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ४-२ गोलले पराजित गरेको हो ।


डर्टमण्डका लागि हालाण्डले २ गोल गर्दा राफायल गुइरेरियोले एक गोल गर्यो । डर्टमण्डले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्लिनका लागि म्याक्सले एक गोल फर्काए ।
जितसँगै ५ खेलमा १२ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ । बर्लिन ६ अंकसहित आठौँ स्थानमा छ ।