खेल संसार

त्रिकोणात्मक शृङ्खलाः अमेरिकामाथि नेपालको पाँच विकेटको जित

काठमाडौ- नेपालले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको सोमबार भएको खेलमा अमेरिकालाई पराजित गरेको छ ।
ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले अमेरिकामाथि पाँच विकेटको जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेले। उनले ११४ बलमा ९ चौका र १ छक्काको सहायतामा १०० रन जोडे।

नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुसन भारीले समान २–२ विकेट लिए ।

नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी साझेदारी गरे। उनीहरुले ६६ रनको साझेदारी गर्दै नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा पहिलो विकेटका लागि सबैभन्दा लामो साझेदारी गरे।

भुर्तेलले ८४ रन बनाउँदा रोहित पौडेल ६२ रनमा अभिजित रहे। त्यस्तै विनोद भण्डारीले ३७ रन बनाउँदा आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button