खेल संसार

पीएनजीविरुद्धको श्रृंखला कब्जा, दोस्रो खेलमा नेपालको शानदार जित

Thrill Factory
Rungta Group

काठमाडौ– दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको श्रृंखला पनि २–० ले जितेको छ । ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै अलआउट भयो ।

नेपालका लागि स्टार स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ५ ओभर १ बल बलिङ गर्दै ११ रन दिएर ६ विकेट लिए । सन्दीपको स्पीन अगाडि टिक्न नसकेपछि पीएनजीका ब्याटरले आत्मशमर्पण गरेका थिए । सन्दीपले पहिलो खेलमा पनि ४ विकेट लिएका थिए । पहिलो खेलमा पनि म्याद अफ द म्याच बनेका सन्दीप दोस्रो खेलमा पनि म्यान अफ द म्याच भए ।

नेपाललाई श्रृंखला जिताउनेक्रममा सोमपाल कामी, बिक्रम सोब र सुशान भारीले १–१ विकेट लिए । पीएनजीका एक खेलाडी रन आउट भएका थिए । दिएको छ । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाएका थिए ।

अन्य ब्याटर नेपाली बलिङ आक्रमणका अगाडि टिक्न सकेनन् । नेपालले पहिलो डेनाइट एक दिवसीय खेलमै जित हात पारेको हो ।

यसअघि नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो शान्त इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

पौडेललाई करण केसीले उत्कृष्ट साथ दिए । कुनै बेला २ सयको स्कोरसम्म पुग्न नेपाललाई कठिन देखिएका बेला मैदानमा आएदेखि नै करणले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ४२ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

९ को स्कोरमा दुबै ओपनर गुमाएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासेका थिए । रोहितसँग ८९ रनको साझेदारी गरेका मल्लले ७० बलमा ४५ रन बनाएका थिए ।

यस्तै बिनोद भण्डारीले १७ रन बनाए भने सोमपाल कामीले ११ रनको योगदन दिए । सन्दीप लामिछाने र सुशान भारी शून्यमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

पीएनजीका लागि चाड सोपरले ३ विकेट लिए ।
ओमानमा रहँदा अब नेपालले आईसीसी विश्व च्याम्पियन्स लिग अन्तर्गत ओमान र अमेरिक सिम्लित त्रिकोणीय श्रृंखला खेल्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button