खेल संसार

दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

Thrill Factory
Rungta Group

काठमाडौँ- पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ ।

कोलम्बोमा मंगलबार भएको तेस्रो खेलमा ७८ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोड्दा जर्ज लिन्डे र जान्नेमन मालनले १८/१८ रन जोड्न बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका महेस थिक्सनाले ४ विकेट लिँदा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले ४७ रन जोड्दा धनन्जय डी सिल्भाले ३१ रन जोडे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button