प्रदेश
अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते

अर्घाखाँची- काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको जीप शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



अन्य १० जना घाइते भएका छन् । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ ।



बा ३ ख ८६३९ नम्वरको जीप अर्घाखाँचीको सीतगंगा नगरपालिका वाड नम्वर-३ बरबोटमा दुर्घटना भएको हो । दुर्घटनामा करिव २९ वर्षीय एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



१० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए ।