खेल संसार

मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल

काठमाडौ- लियोनल मेस्सीको डेब्यु गरेको खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पेले गोल गरेका छन् ।

आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोलले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मेस्सी ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे ।

जितसँगै पीएसजी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्सको ३ अंक मात्र छ

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button