खेल संसार

सेभिया स्पेनिस ला लिगाको शीर्षस्थानमा

Thrill Factory
Rungta Group

अर्जेन्टिनी विङगर इरिक लामेलाले इन्जुरी समयमा गोल गरेपछि सेभिया स्पेनिस ला लिगामा शीर्षस्थानमा पुगेको छ । सोमबार राति भएको खेलमा पाहुना टोली सेभियाले गेटाफेलाई १–० गोलले हरायो । ला लिगामा सेभियाको यो लगातार दोस्रो जित हो ।

गेटाफेको घरेलु मैदान कोलिसेउम अल्फोन्सो पेरेज स्टेडियममा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सेभियाले दोस्रो हाफको इन्जुरी समयमा पुगेर गोल निकालेको थियो । सेभियाको कठिन जितमा इरिक लामेलाले गरेको गोल नै निर्णाय बन्यो ।

इन्जुरी समय सकिनै लाग्दा पोस्ट नजिक पुगेका लामेलाले रिवाउन्ड बलमा सोझै जाली चुमाएका थिए । २९ बर्षीय लामेला यसैबर्ष इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट सेभिया आएका हुन् । उच्च लयम रहेका उनले जारी लिगको दुई खेलमा ब्यक्तिगत तीन गोल गरिसकेका छन् । लामेलाले रायो भालेकानोविरुद्ध दुई गोल गरेका थिए ।

पहिलो हाफमा औसत प्रदर्शन गरेको सेभियाले दोस्रो हाफमा लामेला, इभान राकिटिक र राफा मिरलाई मैदान उतारेको थियो । लामेला ४६औं मिनेटमा सुसोको स्थानमा मैदान छिरेका थिए । ६२ प्रतिशत बल पोसेसनमा राखेको सेभियाको शसक्त प्रहारमा गेटाफेका गोलकिपर डेभिड सोरिया लगातार बाधक बने ।

रेभियाले नौ वटा पोस्ट् प्रहार गरेको थियो । यता ३८ प्रतिबल बल पोसेसनका राखेको गेटाफेले १२ वटा पोस्ट् प्रहार गरेपनि गोल गर्न सकेन । सेभियाका लामेला ‘म्यान अफ दी म्याच’ भए । जितसँगै शीर्षस्थानमा उक्लिएको सेभियाले दुई खेलबाट ६ अंक बनाएको छ ।

समान ६ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको गेटाफे अंकबिहिन बन्दै १८औं स्थानमा छ । पहिलो खेलमा गेटाफे भ्यालेन्सियासँग १–० गोलले नै पराजित भएको थियो ।

अर्को खेलमा ओसासुना र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीको अवसर गुमाउँदा ओसासुना अंक बाँड्न बाध्य बन्यो ।

४८औं मिनेटमा ओसासुनाका रुवेन गार्सियाको पेनाल्टी प्रहारलाई सेल्टाका गोलकिपर माटियस डिटुरोले विफल पारेका थिए । पेनाल्टी बचाएका माटियस ‘म्यान अफ दी म्याच’ भए । लिगमा ओसासुनाको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा पनि ओसासुना स्पान्योलसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

दुई खेलबाट दुई नै अंक बनाएको ओसासुना १४औं स्थानमा छ । एक अंक बनाएको सेल्टा भिगो १६औं स्थानमा छ । लिगको पहिलो खेलमा सेल्भा भिगो साविक विजेता एट्लेटिको म्याड्रिडसँग २–१ गोलले पराजित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button