खेल संसार

मेस्सीबिनाको बार्सिलोना : एथ्लेटिकसँग बराबरीमा रोकियो

काठमाडौं-आफ्ना स्टार खेलाडी लियोनल मेस्सीलाई बिदा गरेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ । शनिबार भएको खेलमा बार्सा र एथ्लेटिकले १(१ गोलको बराबरी खेले ।

बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । ५०औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५औँ मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button