प्रदेश

डोरमणि पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

Thrill Factory
Rungta Group

मकवानपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका हुन् ।

डोरमणीकै प्रस्तावमा अष्टलष्मी शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी हुन् । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको सांसद अरुण नेपालले जानकारी दिए ।

अब वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button