खेल संसार

रिम्सविरूद्धको खेलमा मेस्सीले पीएसजीबाट डेब्यु गर्दै

काठमाडौं- पेरिस सेन्ट जर्मेन ९पीएसजी० गएका अर्जेन्टेनी स्टार लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने भएका छन् ।

पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस खेलबाट मेस्सीले डेब्यु गर्ने जनाइएको छ ।

अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button