खबर फटाफटप्रदेशस्वास्थ्य/जिवनशैली

नारायणी वयोधा अस्पतालमा दुर्बीन प्रविधीबाट ट्युमरको शल्यक्रिया

Thrill Factory
Rungta Group

वीरगञ्ज- वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा दुर्बिन प्रविधीबाट फियोक्रोमोसाइटोमा को सफल शल्यक्रिया भएको छ।

हालै वयोधा अस्पतालका शल्यचिकित्सक डा. सौरभ शर्माको टोलिले दुर्बीन प्रविधीबाट एउटा दुर्लभ, जटिल र चुनौतीपूर्ण ट्युमरको सफल शल्यक्रिया गरेको हो।

फियोक्रोमोसाइटोमा एक प्रकारको ट्युमर हो। यो मृगौलामाथि अवस्थित एड्रेनल ग्रंथीमा हुने एक खाले ट्युमर हो। यस ट्युमरले विशेष किसिमका रसायनहरु बनाउँछ जसले गर्दा रोगीको रक्तचाप असाध्यै घटबढ हुन्छ।

कसैकसैमा भने उच्च रक्तचापका साथै मधुमेह पनि हुन सक्छ। साधारण चेकजाँचको क्रममा वीरगञ्जका एक जना ४० वर्षीय पुरुषको रक्तचाप २७०/१५० पाइयो। उनमा मधुमेह पनि भेटियो र थप जाँच गराउने क्रममा उनको देब्रे एड्रिनल ग्रन्थी मा ८ * ६ सेमीको ट्युमर भेटियो। उनलाई उपचारका लागि काठमाण्डौ जान भनिएकोमा वयोधामा आई थप उपचार गराए।

रगतको जाँच गराए पछि उनी फियोक्रोमोसाइटोमा रोगले ग्रस्त भएको हुनाले उनको रक्तचाप असाध्यै उच्च रहेको पता लाग्यो। १ महिना लगाएर ब्लड प्रेसर र चिनी रोग नियन्त्रणमा ल्याएपछि शल्यक्रिया भएको थियो ।

दुई घण्टा लगाएर गरिएको अप्रेसनलगतै उनको ब्लड प्रेसर र सुगर लेवल सामान्य रहदै आएको अस्पतालले बताएको छ। दुई दिनमा उनी डिस्चार्ज भएका थिए । दुरवीन प्रविधिबाट फियोक्रोमोसाईटोमाको अपरेशन काठमाण्डौ उपत्यकाबाहिर संभवतः पहिलो पटक भएको अस्पतालले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button