खेल संसार

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

Thrill Factory
Rungta Group

काठमाडौं – चेल्सीले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि हात पारेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

२७औँ मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिए पनि ७३औँ मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button