खेल संसार

टोकियो ओलम्पिक : पुरूष फुटबलको स्वर्ण पदक ब्राजिललाई

Thrill Factory
Rungta Group

काठमाडौं– जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ ।

ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button