खेल संसार

टोकियो ओलम्पिक : मेक्सिकोलाई पुरुष फुटबलमा काश्य पदक

Thrill Factory
Rungta Group

काठमाडौँ– टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको काश्य पदक मेक्सिकोले जितेको छ ।

शुक्रबार भएको खेलमा आयोजक जापानलाई ३–१ गोल अन्तरमा पराजित गर्दै मेक्सिकोले काश्य पदक जितेको हो । स्वर्ण पदकका लागि शनिबार ब्राजिल र स्पेनबीच खेल हुनेछ ।

खेलको १३ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभाले पेनाल्टी मार्फत मेक्सिकोलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा जोहन भास्क्वेजले गोल गरेपछि मेक्सिको पहिलो हाफमा नै २–० को अग्रता बनाउन सफल भयो ।

५८ औं मिनेटमा एमेस्तो भेगाले गोल गर्दै मेक्सिकोलाई ३–० को अवस्थामा पु¥याए । ७८ औं मिनेटमा काओरु मितोमाले जापानका लागि सान्त्वना गोल फर्काएका थिए । सो पछि गोल हुन सकेन र आयोजक जापान पुरुष फुटबलमा पदकबिहीन बन्न पुग्यो ।

महिला फुटबलको स्वर्ण पदकका लागि शुक्रबार साँझ स्विडेन र क्यानाडाबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबल तर्फको काश्य पदक भने अष्ट्रेलियालाई ४–३ गोल अन्तरमा पराजित गर्दै अमेरिकाले जितेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button