खेल संसार

टोकियो ओलम्पिक : फुटबलको फाइनलमा ब्राजिल

Thrill Factory
Rungta Group

काठमाडौँ-  ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिल फाइनल पुगेको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् ।

ब्राजिलले अब स्वर्ण पदकको लागि स्पेनसँग खेल्नेछ । स्पेन आयोजक जापानलाई हराउँदै फाइनल पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button