खेल संसार

एथलेटिक्समा अमेरिकालाई पहिलो स्वर्ण पदक

Thrill Factory
Rungta Group

काठमाडौँ– टोकियो ओलम्पिकमा कमजोर प्रदर्शन गरिरहेको अमेरिकाले एथ्लेटिक्समा पहिलो स्वर्ण पदक जितेको छ । महिला डिस्कस थ्रोमा अमेरिकाकी भालेरी अल्मानले स्वर्ण पदक जितिन् ।

सो स्पर्धामा जर्मनीकी क्रिस्चियन पुडेन्जले रजत र क्युवाकी याइमी पेरेजले कास्य पदक जिते । एथ्लेटिक्समा अमेरिकाको यो पहिलो स्वर्ण पदक हो ।

महिला सय मिटर हर्डल्समा प्युरेटीकाकी जस्मिन क्वीन कमाचोले स्वर्ण, अमेरिकाकी केन्द्रा ह्यारिसनले रजत र जमैकाकी मेघान टपरले कास्य पदक जिते । पुरुष हाई जम्पमा ग्रीसका टेन्टगोलाउ मेटासिसले स्वर्ण र क्युबाका इचेभारियाले रजत पदक जिते । क्युबाकी मासो मकायलले कास्य पदक पाए ।

पुरुष ३ हजार मिटर स्टिपल चेजमा मोरक्कोका साउफिन बकालले स्वर्ण, इथोपियाका लामेचा गिर्माले रजत र केन्याका बेन्जामिन किन्गेनले कास्य पदक जिते ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button