खेल संसार
जमैकन धाविका इलानी थम्पसनलाई १ सय मिटर दौडमा स्वर्ण

इलानी थम्पसन हेराले ओलम्पिकमा १ सय मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् ।
यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् । २९ वर्षीया थम्पसनले १० दशमलव ६१ सेकेन्डमा दौड पूरा गरिन् । उ


नी १ सय मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि त्यसलाई बराबरी गर्न भने ० दशमलव १२ सेकेन्डले चुकिन् । १ सय मिटरतर्फ सर्वाधिक छिटो कुद्ने कीर्तिमान अमेरिकी धाविका फ्लोरेन्स ग्रिफिफ्थ जोयनेरले ३३ वर्षअघि राखेकी थिइन् ।
१ सय मिटरतर्फ ओलम्पिकमा जमैकाकै सेरिका ज्याक्सनले कास्य जितिन् । रजत विजेता प्राइसभन्दा उनी केवल ० दशमलव ०२ सेकेन्डले पछि थिइन् । प्राइसले १० दशमलव ७६ सेकेन्डमा दौड पुरा गरिन् ।