प्रदेश

गण्डकीमा कोरोनाको तेस्रो लहर रोक्ने तयारी तीव्र

Thrill Factory
Rungta Group

पोखरा– कोरोना भाइरस संक्रमणको तेस्रो लहरको त्रास फैलिन थालेपछि गण्डकी प्रदेश सरकारले नयाँ तयारी थालेको छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयले अल्फा र डेल्टा भेरियन्टपछि कप्पा भेरियन्ट पुष्टि भएको जानकारी गराउँदै देशभर तेस्रो लहरबाट जोगिने तयारी थाल्न निर्देशन दिएको छ ।

सबैजसो जिल्लामा वैशाख दोस्रो सातादेखिको निषेधाज्ञा असारदेखि खुकुलो पारिएको छ । निषेधाज्ञामा खुकुलोपन र राष्ट्रिय राजनीतिमा आएको अस्थिरताले कोरोना संक्रमणको तेस्रो लहरको त्रास बढेको छ ।

कोरोनाको नयाँ नयाँ भेरियन्ट फैलिने सक्ने भन्दै संघीय सरकारले निर्देशन दिएपछि गण्डकी प्रदेशमा तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्माले बताए ।

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ पनि गण्डकी सरकारले विशेष सतर्कता अपनाउने भएको छ ।

प्रदेश सरकारले म्याग्दी, पर्वत र स्याङ्जामा बालबालिकाका लागि छुट्ट्रै आइसीयू स्थापना गर्ने भएको छ । तीन जिल्लामा बच्चाको आइसीयू सञ्चालन गर्न संघीय सरकारले तीन–तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button