खेल संसार

टोकियो ओलम्पिक : स्वर्णमा आयोजक जापानको वर्चश्व

Thrill Factory
Rungta Group

काठमाडौं- टोकियो ओलम्पिकमा रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ ।

जापानले अहिलेसम्म १३ स्वर्ण र चार रजतसहित २२ पदक जितेको छ । चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ ।अमेरिकाले ११ स्वर्णसहित ३१ पदक जितेको छ।

रसियन ओलम्पिक कमिटीले सात स्वर्ण जित्दा, अस्ट्रेलियाले ६ स्वर्ण जितेको छ । त्यसैगरी बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन र तीन स्वर्ण जितेका छन् ।

२ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको सङ्ख्या २१ रहेको छ ।

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्रिस्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् ।

ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । पौडीमा नेपालका एलेक्स साह पनि हिट चरणभन्दा माथि पुग्न सकेनन् । जुडो र सुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button