खेल संसार

टोकियो ओलम्पिक: गौरिकाले तोडिन् आफ्नै रेकर्ड

Thrill Factory
Rungta Group

काठमाडौं-जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी गरेकी हुन्।

हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलब ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यस अघि उनकै नाममा १ मिनेट ०० दशमलब ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो।

सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। सुरुको ५० मिटरमा राम्रो प्रदर्शन गर्दै अग्रस्थानमा रहेकी गौरीका त्यसपछिको ५० मिटरमा पछाडी परेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button