खेल संसार

श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा भारतको जित

Thrill Factory
Rungta Group

श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली भारतले जित निकालेको छ ।

कोलम्बोमा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रनमा सीमित भयो ।

श्रीलंकाका चारिथ असलंकाले ४४ रन, अभिष्का फर्नान्डोले २६ रन र डसुन शनकाले १६ रन बनाए पनि अरूको प्रदर्शन सम्झन लायक रहेन ।

घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिँदा  दीपक चाहरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान शिखर धवनले ४६ रन जोड्दा सन्जु सामसनले २७ तथा इशान किशनले अविजित २० रन बनाए ।

जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button