खेल संसार

फुटबल प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन्। आज उनले सामाजिक सञ्जालमार्फत राजीनामाका लागि एन्फा जान लागेको उल्लेख गरेका छन्।

उनले आफ्नो राजीनामाको पछाडी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाएका छन्।

‘प्रिय नेपाली फुटबल समर्थक। म आज एन्फा राजीनामाका लागि जाँदैछु। र, मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ,’ नेम्बाङलाई मेन्सन गर्दै उनले लेखेका छन्,’मलाई लाग्छ अब तपाइ खुशी हुनुभयो होला।’

अलमुताइरीले स्टाटसमा नेम्बाङले पछिल्लो तीन हप्तायता आएर आफूसँग नाटक गरिरहेको दाबी गरिरहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button