खेल संसार

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

Thrill Factory
Rungta Group

टोकियो-जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।

शनिवार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।यसैगरी  महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी छन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् ।

यसैबीच शनिवार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ ।एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button