प्रदेश
जमुनाह नाकामा स्थायी हेल्थ डेस्क
नेपालगञ्ज -नेपालगञ्जको जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधवार संयुक्त रूपमा हेल्थ डेस्कको नवनिर्मित भवनको उद्घाटन गरे ।
कोरोना, डेंगु, मलेरियालगायत संक्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताए ।



