खेल संसार

टोकियो ‌ओलम्पिकमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्दै, के होला उपलब्धि ?

Thrill Factory
Rungta Group

काठमाडौं -यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन जापानको टोकियोमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालले एथ्लेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औं गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औं संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।

समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button