कला/साहित्य

सन् २०२२ आदित्यका लागि टेलिभिजन होस्टको अन्तिम वर्ष

Thrill Factory
Rungta Group

मुम्बई– गायक तथा ‘इण्डियन आइडल–१२’ का होस्ट आदित्य नारायण झाले सन् २०२२ पछि होस्टिङ नगर्ने बताएका छन् । आदित्यले हालसम्म करिब १२ रियालिटी शोको होस्ट गरिसकेका छन् ।

आदित्यले आफूमा जिम्मेवारी बढ्दै गएको र अझ अगाडि बढ्न चाहेकाले होस्टको काम छोड्ने बताएका छन् । ‘टेलिभिजनमा सन् २०२२ मेरा लागि होस्टको अन्तिम वर्ष हुनेछ । अब केही ठूलो काम गर्ने समय आइसकेको छ । मेरो केही अगाडिकै प्रतिबद्धता छन्, जुन आगामी महिनामा पुरा हुनेछन् । मेरो यो उद्योगमा राम्रो सम्बन्ध छ । अहिले मैले बीचमै छोडें भने सबैले मलाई बीचमै छोडिएको हवाइजहाज बनाउछन्’, उनले भनेका छन् ।

उनले टेलिभिजनमा काम सुरु गर्दा आफू सानो उमेरको रहेको र आगामी वर्षसम्ममा आफू एक बाबु बनिसक्ने तर्क गरे । उनले आगामी दिनमा कुनै गेम शोको हिस्सा बन्ने या कुनै शोको निर्णायक बन्ने खुलाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button