खेल संसार

तेस्रो टि–ट्वान्टी खेलमा पाकिस्ता इंल्याण्डसँग पराजित

Thrill Factory
Rungta Group

एजेन्सी । पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो ।

म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका आदिल राशिदले ४ विकेट लिए । जवाफमा १ सय ५५ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्याण्डको जितमा जेसन रोयको ६४ रन महत्वपूर्ण रह्यो ।

जितसँगै इंग्ल्याण्डले पाकिस्तान विरुद्धको एक दिवसिय तथा टि– ट्वेन्टी दुबै श्रृंखला जितेको छ । टि–ट्वेन्टी श्रृंखला २–१ ले जितेको इंग्ल्याण्डले एक दिवसिय श्रृंखला ३–० ले आफ्नो पक्षमा पारेको थियो ।

नियमित टोलीलाई कोरोना संक्रमण भएपछि पुरै नयाँ टोली उतारेको इंग्ल्याण्डले पाकिस्तानलाई श्रृंखलाभर दबाबमा राख्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button