खेल संसार
आयरल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात

आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।
डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हराउँदै तीन खेलको सिरिजमा बिजयी शुरूवात गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।


दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे ।