खेल संसार

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड बिजयी

Thrill Factory
Rungta Group

काठमाडौँ- नयाँ सिजनको प्रिमियर लिगको तयारीमा रहेको  म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा बिजयी भएको छ । आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो ।

प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।

१८औँ मिनेटमा चोङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा फाकुन्डोले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए । ७०औँ मिनेटमा डर्बीका कोलिनले एक गोल फर्काए पनि अन्ततः युनाइटेडले खेल २-१ ले जित्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button