प्रदेश

जयनगर-जनकपुर रेल्वे ट्रयाकमा स्पिड परीक्षण

Thrill Factory
Rungta Group

जनकपुरधाम–जयनगर–जनकपुर–कुर्था रेल्वे ट्रयाकमा आइतबार रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गरिने भएको छ ।

नेपाल सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न लागिएको हो ।

आइतबार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

उनका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतबार रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरेका छन् ।

रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न आग्रह गरिएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानून अनुसार कारबाही समेत गरिने चेतावनी रेल्वे कम्पनीले दिएको छ ।

सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गतवर्षको असोज २ गते ल्याइसकेको छ । तर उक्त रेल अझैसम्म सञ्चालन हुन नसक्दा थन्किएर बसेको छ ।

सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्काएर राखिएको छ । सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो ।

तर, जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button