खेल संसार

क्रिस गेल युवापुस्ताका क्रिकेटरलाई प्रेरणा

Thrill Factory
Rungta Group

काठमाडौँ – टी-ट्वान्टी क्रिकेटमा क्रिस गेल सदाबहार नाम हो । त्यसैकारण ‘युनिभर्स बोस’का उपनामले चिनिने गेलका नाममा दर्जनौ कीर्तिमान छन् । हालै गेलले टी–ट्वान्टी क्रिकेटमा १४ हजार रन पूरा गरेका छन् । यो उनले प्राप्त गरेको अहिलेसम्मकै ठूलो कीर्तिमान मानिन्छ ।

यो कीर्तिमान तोड्न नयाँ पूस्ताका ब्याट्सम्यानलाई अझै धेरै वर्ष लाग्न सक्छ । युवा क्रिकेटका लागि प्रेरणाका स्रोत गेल धुँवाधार ब्याटिङ गर्छन् । एकदिवसीय र टेस्ट क्रिकेट खेल्न नरुचाउने उनी टी–ट्वान्टीका लागि भने ज्यान फाल्छन् ।

हालै अष्ट्रेलियाविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अर्धशतक पूरा गरेर वेष्ट इन्डिजलाई जिताएका गेलले टी–ट्वान्टीमा १४ हजार रन पूरा गरेपछि बधाई पनि पाइरहेका छन् । यसैक्रममा भारतीय युवा ब्याट्सम्यान केएल राहुलले पनि ट्वीटरमा गेललाई बधाई दिएका छन् ।

तर राहुलले बधाई दिने क्रममा ४१ वर्षका गेललाई ‘योङस्टार’ भनेपछि यसको ट्रोल हुन थालेको छ । गेल क्रिकेट करियरको उत्तराद्र्धमा छन् । तर पनि उनी ट्ी–ट्वान्टीका लागि अहिले पनि उत्कृष्ट खेलिरहेका छन् । यसले धेरै युवापुस्ताका क्रिकेटरलाई प्रेरणा दिइरहेको छ ।

उसो त गेलबाट राहुल पनि प्रभावित भएको हुनुपर्छ । भारतीय क्रिकेटमा चम्किदै गरेका राहुल आइपीएलमा पञ्जाब किंग्सको कप्तान समेत हुन् । पछिल्लो दुई वर्षयता राहुलकै कप्तानीमा गेल आइपीएल  खेल्ने गर्छन् । राहुल र गेल दुवै जना बेंगलोरबाट पञ्जाबमा आएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button