प्रदेश

सीमानाका खुलाउन रौतहटका उद्योगी व्यवसायीहरुको माग

Thrill Factory
Rungta Group

रौतहट -कोरोना संक्रमणका कारण बन्द रहेको नेपाल भारत सीमानाका खुलाउनु पर्ने माग रौतहट उधोग वाणिज्य संघले गरेको छ ।

उद्योगी व्यवसायीलाई यथाशिघ्र कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउनु पर्ने, बजारलाई सहज रुपमा सञ्चालनका लागि व्यवस्थापन गराउनु पर्ने, निषेधाज्ञाका कारण दैनिक ज्यालादारी मजदूरी गर्ने वर्गलाई ठूलो क्षति पुगेकोले उनीहरुलाई राहतको प्याकेज व्यवस्था गर्नु पर्ने, गौर भन्सारको मुख्य नाका सुचारु गर्ने, व्यवसायीले लिएको ऋृणको ब्याज तिर्ने म्याद बढाउन तथा बैंकका सेवा शुल्क लगायतमा छूट पाउनु पर्ने माग रौतहट उद्योग वाणिज्य संघले गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव समक्ष संघले बुझाएको ज्ञापन पत्रमा भिसिटिएस लगायतका कामहरुमा पनि स्थानिय प्रशासनले सहजता प्रदान गर्नुपर्ने उल्लेख छ ।

रौतहट उधोग वाणिज्य संघका अध्यक्ष पंण्डित जयसवालको नेतृत्वमा रहेको टोलीले प्रशासनमार्फत अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ ।

बैंकहरुले ब्याज बुझाउने म्याद कम्तीमा दुई महीनाको थप गर्दा केही सहुलियत हुने ज्ञापन पत्रमा उल्लेख छ । बन्दाबन्दीका कारण उद्योगी व्यवसायीहरुलाई आर्थिक भार पारेको भन्दै ध्यानकर्षणका लागि ज्ञापन पत्र बुझाईएको संघका अध्यक्ष जयसवालको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button