कला/साहित्य

आलियाको पाइला हलिउडमा

Thrill Factory
Rungta Group

मुम्बई- बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्म इन्डट्रीमा इन्ट्री गर्ने तयारीमा छिन्। बलिउडमा पछिल्लो समयकी निकै व्यस्त नायिका आलियालाई चाँडै नै हलिउडमा पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार आलियाले हलिउड एजेन्सी कम्पनी डब्लूएमईसँग सम्झौता गरिसकेकी छन्। यो एजेन्सीले एमा स्टोन, गैल गडोट, ओपरा, चार्ली थेरानलगायत कयौं अन्तर्राष्ट्रिय कलाकारलाई हलिउडमा डेब्यु गराएको थियो। आलिया आफैंले आफू हलिउडको हिस्सा हुन लागेको खुसी आफ्ना फ्यानसँग साटेकी छन्। उनले इन्टाग्राममा डब्लूएमईसँग सम्झौता भएको भन्दै बताएकी छन्। डब्लूएमईले स्वागत गरेको मेसेज सेयर गरेकी आलियालाई धेरैले बधाई तथा शुभकामना दिएका छन्।

आलिया बलिउडमा निकै व्यस्त छिन्। उनको थुप्रै फिल्महरू लाइनमा छन्। आलिया रणवीर कपुरसँग पहिलो पटक देखिँदै छिन्। आलिया र रणवीरको प्रेम सम्बन्धलाई लिएर भारतीय सञ्चार माध्यममा निकै चर्चा हुँदै आएको छ। आलियाले कोरोना भाइरसको महामारीकै समयमा ‘गंगुबाई कठियाडवाडी’को छायांकन सिध्याएकी थिइन्। उनको मुख्य भूमिका रहेको चलचित्रको निर्देशन सञ्जयलीला भन्सालीले गरेका छन्। यस चलचित्रमा आलियाले माफिया क्विन गंगुबाईको भूमिका निर्वाह गर्नेछिन्। यस्तै उनी ‘आरआरआर’, ‘डार्लिङ’ र ‘रकी और रानी’ चलचित्रमा पनि अनुबन्ध भइसकेकी छन्।

आलियासँगै बलिउड स्टार ऋतिक रोशन, विद्युत् जामवाललगायतका कलाकार पनि हलिउडमा डेब्यु गर्ने अभियानमा छन्। यस वर्षको सुरुआतमै ऋतिकले हलिउड एजेन्सी गर्ससँग सम्झौता गरेका थिए। बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणले यसअघि नै हलिउडमा पाइला राखिसकेका छन्। प्रियंकाले थुप्रै चलचित्रमा काम गरिसकेकी छन् भने दीपिकाले आईसीएमसँग सम्झौता गरिसकेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button