कला/साहित्य

फिल्मका लागि हुलिया नै चेन्ज

मुम्बई  – बलिउड अभिनेता अजय देवगन अलग्गै रूपमा देखिएका छन्। यस्तो रूपमा उनलाई कसैले पनि पहिले देखेको थिएन। ९० को दशकदेखि उनी एक स्टाइलिस कलाकारका रूपमा नै देखिँदै आएका थिए।

अहिले सामाजिक सञ्जालमा अजय देवगनको जुँगादाह्री पालेको फोटो भाइरल भइरहेको छ। उनले यस्तो रूप हामीले जस्तो लकडाउनमा घरमै बस्नु परेर बनाएका भने पक्कै होइनन्।

बिरामी परेर पो उनको यस्तो रूप भएको भन्ने पनि उनका शुभचिन्तकको चिन्ता छ। तर, त्यस्तो होइन यो रूप उनको आउने फिल्म ‘थ्याङ्क गड’ का लागि बनाएका हुन्।  उक्त फिल्म उनका अति नै मिल्ने साथी इन्दर कुमारले निर्देशन गर्दैछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button