खेल संसार

जिम्न्यास्टिक कभर्डहल थिमीमा

काठमाडौं – जिम्न्यास्टिक खेलको कभर्डहललगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ। सोसम्बन्धी सम्झौतापत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३–९–२–० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराएको हो।

उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र जिम्न्यास्टिक संघसमेत मिलेर जिम्न्यास्टिक कभर्डहललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्यास्टिक संघले गर्ने सहमति भएको छ।

उक्त कार्यक्रममा जिम्न्यास्टिक संघका सहअध्यक्ष किशोरबहादुर सिंह, महासचिव मुकुन्दराज शर्मा, सचिव वचन देउजा, राखेपअन्तर्गत कानुन शाखाका प्रमुख नारायणराज अर्याल, नगरपालिका कर्मचारीलगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button