खेल संसार

शीर्षस्थानको बायर्नको हार

Thrill Factory
Rungta Group

जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले हार बेहोरेको छ । बायर्नले घरेलु टोली अग्सवर्गसँग २–१ को हार बेहोरेको हो ।

घरेलु टोलीको जितमा म्याड्स भ्यालेन्टिन पेडेरसिन र आन्द्रे हानले गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि हार टार्न सकेन । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

डब्लुडब्लुके एरिना अग्सवर्गमा घरेलु टोलीले खेलको २३औं मिनेटमा म्याड्स भ्यालेन्टिन पेडेरसिनको गोलबाट अग्रता लिएको थियो । उनले एन्डी जिकिरीको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा आन्द्रे हानले गोल गर्दै अग्सवर्गको अग्रता दोब्बर पारे । उनले लागोको पासमा गोल गर्न सफल भएका थिए ।

३८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाले । बल पोसेसनमा लगातार दवाव झेलेको अग्सवर्गले आफुले लिएको अग्रता जोगाउँदै बायर्नलाई रोक्दै जित निकाल्न सफल भयो ।

यो जितपछि अग्सवर्ग १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा रहेको छ । पराजित बायर्न १२ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमुन्डभन्दा ४ अंकले अघि छ । यद्दपि डर्टमुन्डले एक खेल कम खेलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button