प्रदेश

अनलाइन उत्पत्तिको प्रमाणपत्र प्रविष्ट गर्न दुई दिने तालिम

Thrill Factory
Rungta Group

नेपालमा उत्पादित वस्तु निर्यात गर्दा आवश्यक उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिओ अनलाइनमार्फत प्रविष्ट गर्ने सरकारले तयारी गरेको छ ।

भन्सार विभागले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) लाई एकद्वार प्रणाली (सिङ्गल विण्डो सिस्टम) मार्फत् अनलाइन इन्ट्री गर्ने व्यवस्था अघि सारेपछि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उद्योग वाणिज्य संघहरुलाई तालिम प्रदान गरिएको छ ।

अबदेखि अनलाइनमार्फत् जारी गर्ने गरी पहल गर्न र सो सम्बन्धमा निर्यातकर्ता र उद्योग वाणिज्य संघहरुको भूमिकाका बारे प्राविधिकहरुले वीरगञ्ज उद्योग वाणिज्य संघमा दुई दिने तालिमसमेत उपलब्ध गराएको छ ।

वीरगन्ज नाका हुँदै निर्यात गर्ने निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य संघका सचिवालयका कर्मचारीलाई अनलाइन जारी गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा भन्सार विभागका प्रविधि विज्ञ र नेपाल उद्योग वाणिज्य महासंघका प्राविधिक सम्मिलित टोलीले दिएको दुई दिने तालिम सम्पन्न भएको छ ।

यसअघि वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, निर्देशक सूर्यप्रसाद सेढाई तथा वीरगञ्ज भन्सारका मुख्य भन्सार प्रशासक विश्वप्रकाश अर्यालसँग संघकै कार्यकक्षमा भेटघाट गरी भन्सारलगायत व्यापार सहजीकरणका बारेमा विस्तृत छलफल गर्दै अनलाइन उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा व्यापक छलफल र अन्तरक्रिया गरेको थियो ।

तालिम पश्चात आयोजित कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले अनलाइनमार्फत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भन्सार विभागले गरेको तयारीलाई सफल बनाउन वीरगञ्ज उद्योग वाणिज्य संघको सहयोग रहने बताए ।

उनले विभागले उपलब्ध गराएको दुईदिने तालिमले उद्योग वाणिज्य संघका कर्मचारी र निर्यातकर्ताहरुलाई धेरै सहज भएको र आगामी दिनमा पनि यस सम्बन्धमा तालिम÷प्रशिक्षण भई रहनु पर्नेमा जोड दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button